Techie IT
Samayabaddha
बिहीबार, १५ फागुन, २०८१

झापामा घाँस काट्न गएका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु


काठमाडौं । झापाको हल्दिबारी गाउँपालिका–४ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७६ वर्षीय भिमप्रसाद भट्टराई छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आफ्नो घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वनमा घाँस काटेर फर्किने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

बिहीबार अपराह्न १० बजेतिर उनलाई स्थानीय मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अपराह्न ४ः४० बजेतिर उनको शव भेटिएको हो ।

स्थानीयका अनुसार, घाँस काट्न गएका उनी हराएपछि स्थानीयले खोजतलास थालेका थियो । त्यसक्रममा अपराह्न हात्तीको आक्रमणबाट मृत्यु भएको अवस्थामा शव भेटिएका थिए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइए प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट