संघीय संसदको हिउँदे अधिवेशन सुरु

काठमाडौं, १८ माघ । संघीय संसदअन्तर्गतको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् । प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद्हरुको मनोनयन गर्ने कार्यसूचीमा उल्लेख छ ।
यस्तै, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ(आफ्नो मन्तव्य राख्ने कार्यक्रम छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया