Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाएको बैठक सर्यो


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग गर्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री प्रचण्डले साँझ ६ बजेका लागि बैठक बोलाएका थिए । तर, अन्तिम समयमा आएर बैठक सरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक भोलिसम्मलाई सरेको छ । भोलि बिहान ९ बजे बस्ने खबर आफूहरूलाई प्रधानमन्त्रीबाट आएको लेखकले जानकारी दिए । “भोलि बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक सारिएको खबर आएको छ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सदनमा देखिएको अवरोधको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । कांग्रेसले सहकारीको बचत अपचलन र ठगीमा गृहमन्त्री रवि लामिछाने दोषी भएको भन्दै संसदीय छानबिन समितिको माग गरिरहेको छ । समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । सोही विषयमा कुरा नमिल्दा बिहीबारको प्रतिनिधिसभा बैठकमा मुठभेड भएको थियो भने शुक्रबारको बैठक सूचना टाँसेर स्थगन भएको थियो । समिति बनाउनुभन्दा पहिले गृहमन्त्रीले बोल्न पाउनुपर्ने पक्षमा नेकपा एमाले र रास्वपा छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट