Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

सहकारी ठगीको छानबिन माग गर्दै नेविसंघको प्रदर्शन


कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको ठगीको छानबिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघरमा भेलाभएर नेविसंघका समर्थकहरूले नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा र उनीमाथि छानबिनको माग गर्दै नाराबाजी पनि गरेका छन् ।

कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको बेला उसको भातृ संगठन पनि सडकमा उत्रिएको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट