Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु


लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दोदी–४, जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार, गुरुङ शनिबार राति साथीसहित किसेदि खोलामा माछा मार्न गएका थिए । सोही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक थानेश्वर चापाइले बताए ।

उनको मृत्यु भएको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । बेँसीसहरस्थित लमजुङ अस्पतालमा शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट