Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

तिमीहरू सबै चोर हौ, मैले पनि चोर्न पाउनुपर्छ भन्ने आशय व्यक्त गर्नुभयो : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले बोलेपछि नयाँ बानेश्वरमै पत्रकार सम्मेलन गरी थापाले यस्तो बताएका हुन् ।

“व्यक्ति तोकेर नै हो । माननीय गृहमन्त्री रवि लामिछाने तोकेर नै हो । सूर्यदर्शन तोकेरै हो । किनकि, यो सहकारीमा माननीय गृहमन्त्रीको संलग्नता भएको कारणले गर्दा यसको सबै छानबिन प्रभावित भए,” उनले भने ।

थापाले गृहमन्त्री लामिछनेले सबै नेता चोर हौँ भन्ने आशय व्यक्त गरेको उल्लेख गरे । “आज उहाँ (रवि लामिछाने) सबैतिर लगेर तिमीहरू चोर हौ, त्यसकारण मैले पनि चोर्न पाउनुपर्छ, तिमीहरूले मात्रै चोर्न पाउने ? भन्ने आशय व्यक्त गर्नुभयो,” थापाले भने ।

उनले फाइल खोलिदिऊँ ? भनी धम्की नदिन चेतावनी पनि दिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट