हेलिकप्टर दुर्घटनामा परेका इरानका राष्ट्रपति र विदेशमन्त्रीको स्थिति १० घन्टादेखि अज्ञात
आइतबार हेलिकप्टर दुर्घटनामा परेका इरानका राष्ट्रपति इब्राहिम रायसी तथा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको स्थिति घटनाको १० घन्टा बितिसक्दा पनि अज्ञात रहेको छ।
इरानी सञ्चारमाध्यम आइआरएनएमा उल्लेख भएअनुसार राष्ट्रपति इब्राहिम र विदेशमन्त्री होसेन अमिर सवार हेलिकप्टर हुस्सु लागेको पहाडी इलाकामा दुर्घटना भएको थियो।
१० घन्टापछि पनि हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लागेको छैन। घटनाको विवरण अहिलेसम्म अज्ञात छ।
तर प्रारम्भिक रिपोर्टअनुसार सो हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको अनुमान गरिएको छ।
बीस वटा उद्धार टोली र ड्रोनहरूको माध्यमबाट राष्ट्रपति सवार हेलिकप्टर खोजी भइरहेको छ ।
तर हेलिकप्टर अवतरण भएको भनिएको क्षेत्रमा हुस्सुका कारण खोजी प्रयास जटिल भइरहेको बताइएको छ।
आइआरएनएका अनुसार राष्ट्रपतिको सवारीमा तीन हेलिकप्टर संलग्न थिए।
यीमध्ये दुई वटाले सुरक्षित अवतरण गरेका थिए।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया