Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

गाडीले किचेर मान्छे मार्नेलाई लाइसेन्स दिने-लिने चालक र कर्मचारीसहित सातविरुद्ध मुद्दा दायर


लाइसेन्स नभएका चालकले चलाएकाे कारले ठक्कर दिएर पैदल यात्रुकाे ज्यान गएपछि चालकलाई नक्कली लाइसेन्स दिइएकाे घटनामा संलग्न सातजनाविरुद्ध साेमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएकाे छ।

अघिल्लाे वर्ष ०८० असारकाे यस घटनामा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइबी)ले छानबिन गरी सरकारी लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेकाे हाे।

कारले ठक्कर दिएर पैदलयात्रुकाे घटनास्थलमै मृत्यु भएपछि सम्भावित सजायबाट जाेगिन चालकलाई लाभ लिएर गिराेहले नक्कली लाइसेन्स दिएकाे थियाे।

त्यही लाइसेन्स लिएर चालक हिरासत मुक्त भएका थिए। चालकसहित नक्कली लाइसेन्स दिने प्रक्रियामा संलग्नलाई सिआईबीले प्रतिवादी बनाएकाे छ।

यस मुद्दामा यात्रुलाई ठक्कर दिने कारचालक सशांक बस्याल र उनका पिता ठानेश्वर बस्याललाई प्रतिवादी बनाइएकाे छ।

त्यस्तै, तत्कालीन समयमा यातायात व्यवस्था विभागमा कम्प्युटर इन्जिनियर रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा कार्यरत् सुरज प्रकाश अर्याल, यातायात व्यवस्था कार्यालय, बुटवलमा सहायक कम्प्युटर अपरेटरमा करारमा कार्यत् नारायण प्रसाद पाण्डे तथा यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिस भट्टविरुद्ध पनि मुद्दा दायर भएकाे छ।

त्यस्तै, नक्कली लाइसेन्स जारी गर्ने प्रक्रियामा संलग्न अन्य दुई जना अकरामुद्दिन मुसलवान र अरुण कार्की भन्ने लट्टु नाउलाई पनि प्रतिवादी कायम गरिएकाे छ। अर्याल, पाण्डे र भट्टबाहेक अरुलाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर भएकाे छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट