सभामुख छलफलमा, संसद् बैठकमा ढिलाइ
सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक/सचेतकबीचको छलफल सुरु भएको छ । सभामुखले आजै यसअघि विपक्षी दलका प्रमुख सचेतक/सचेतकसँग छलफल गरेका थिए ।
“विपक्षी दलका प्रमुख सचेतक/सचेतकसँगको छलफलपछि सभामुखले अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहनुभएको छ,” सभामुखको सचिवालयले भन्यो ।
सभामुख र दलका सचेतकहरू छलफल गरिरहेकाले बिहान ११ बजेका निम्ति बोलाइएको संसद बैठक बस्न ढिलाइ भएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया