Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

‘कान्तिपुरका अध्यक्षविरुद्धको पक्राउ पुर्जी लोकतन्त्रमाथिकै प्रहार’


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सत्ता–शक्ति आडमा पक्राउ पुर्जी लिइएको भन्दै आपत्ति जनाएका छन् । सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी प्रेसमाथिको प्रहार मात्र नभएर  प्रजातन्त्र/लोकतन्त्रमाथिकै आक्रमण भएको कांग्रेस नेताहरूले बताएका छन् ।

अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको खबरपछि नेताहरू कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीमै आएर आफूहरू सधैँ प्रेस स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा रहने प्रतिबद्धता जनाएका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस सांसद एनपी साउदले सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी र धरपकड सह्य नहुने चेतावनी दिए । ‘हामी कान्तिपुरको साथमा छौं । यो सत्ताको आडमा तर्साउने काम हो । प्रजातान्त्रिक मूल्य मान्यतामाथि र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो,’ साउदले भने ।

कांग्रेस सांसद राजेन्द्र बजगाईंले ‘लोकतन्त्रका लागि लडेको कान्तिपुरमाथि आक्रमण गर्न लगाएर प्रधानमन्त्रीले के गर्न खोजेको हो ?’ भनेर प्रश्न गरे । त्यस्तै सांसद रामनाथ अधिकारीले पनि प्रधानमन्त्रीलाई प्रश्न तेर्स्याए । ‘लोकतन्त्रका लागि लडेको कान्तिपुर विरुद्दको आक्रमण गर्ने ठाउँमा तपाईं (प्रधानमन्त्री) किन पुग्नु भयो ?,’ उनको प्रश्न छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट