Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त


राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । १६ वर्षअघि खनाल राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका थिए ।

बैंकले सीईओको आवेदन खुला गरेपछि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये पाँचजनाको नाम सर्ट लिस्टमा परेको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट