Techie IT
Samayabaddha
मंगलबार, ८ माघ, २०८१

पेन्सनधारीको कर घटाउने बेलायती प्रधानमन्त्रीको घोषणा, गोर्खा सैनिक पनि लाभान्वित हुने


बेलायतका प्रधानमन्त्री ऋषि सुनकले ८० लाख पेन्सनधारीको कर घटाउने जनाएका छन् । आउँदो जुलाई ४ मा बेलायतमा संसद्को निर्वाचन हुन लागेको बेलामा उनको कन्जरभेटिभ पार्टीलाई लाभ हुने गरी सो घोषणा गरेका हुन् ।

सोमबार उनले पेन्सनरलाई ट्याक्स फ्री एलाउन्स कम्तिमा २ दशमलव ५ प्रतिशतसम्म बढाएका हुन् ।  जसअनुसार करिब ८० लाख पेन्सनरलाई आउँदो २०२५ मा करिब १०० पाउण्ड कम कर लाग्नेछ । साथै २०३० बाट वार्षिक रूपमा २७५ कम कर लिइने प्रधानमन्त्री सुनकले जनाएका छन् ।

सुनकले अहिलेको यो साहसिक निर्णयले आफ्नो पार्टी पेन्सनरको पक्षमा रहेको देखाएको जनाएका छन् ।  बेलायतमा ठूलो संख्यामा रहेका ब्रिटिश गोर्खा सैनिक पनि यसबाट लाभान्वित हुन सक्नेछन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट