सन्दीपको भिसा अस्वीकार भएपछि १५ सदस्यीय टोलीले नै विश्वकपमा निरन्तरता पाउने
अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि दोस्रो पटक पनि क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकार भएपछि १५ सदस्यीय टोलीले नै निरन्तरता पाउने भएका छन्।
नेपालस्थित अमेरिकी दूतावासले बिहीबार दोस्रो पटक सन्दीप लामिछानेलाई भिसाा दिन अस्वीकार गरेको हो। गत बुधबार सन्दीपले गरेको भिषा आग्रह अस्वीकार गरेको दुतावासले आज बिहीबार पनि रिजेक्ट गरेको हो।
दोस्रो पटक पनि सन्दीपको भिसाा रिजेक्ट भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि घोषणा गरेको १५ सदस्यीय टोलीले नै विश्वकप खेल्ने भएको छ ।
क्यानले यसअघि घोषणा गरेको १५ सदस्यीय टोली अहिले अमेरिकामा छ। बलात्कार मुद्दातमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्यानले सन्दीपलाई सबैखाले क्रिकेट प्रतियोगिताबाट निलम्बन फुकुवा गरेको थियो।
आईसीसीसँग पनि सन्दीपलाई समेट्नका लागि आग्रह गरेको थियो। आईसीसीले सन्दीपलाई टोलीमा राख्न स्वीकार गरेसँगै क्यानले उनको भिषा प्रक्रिया अघि बढाएको थियो।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया