Techie IT
Samayabaddha
मंगलबार, २७ फागुन, २०८१

मानव नेपालले भने प्रतिपक्षी दलका नेताहरुलाई भेट्दा आत्तिन आवश्यकता छैन


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एकीकृत समाजवादी पनि नेपाली राजनीतिको प्रमुख घटक भएकाले सबै नेतासँग छलफल चल्नु सामान्य भएको बताए । नेपाल बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुका बैठकमा सहभागी भएका थिए ।

नेपालले विपक्षी दलका नेतासँगको भेटवार्ताका विषयमा सरकारमा कुनै असमझदारी नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताए । ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरुसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ’, उनले भने, ‘अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन ।’

विपक्षी दलका नेतासँगको भेटवार्ताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सकारात्मक नै रहेको नेता नेपालको दाबी छ । ‘उहाँ (प्रधानमन्त्री)ले ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेन्ट फाइनल नगरिदिनु होला भन्नुभयो’, उनले भने, ‘एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ । हामी दुई वटा नाउमा खुट्टा राखेर हिँड्दैनौँ ।’

यद्यपि, सरकारमा बस्ने कि नबस्ने भन्नेमा अन्योल रहेको नेता नेपालले बताए । उनले अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको पनि सुनाए । ‘सरकारमा बस्ने की नबस्ने भन्नेमा पार्टीको बैठकपछि टुंगो लगाउने नै छौं’, उनले भने ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट