Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

स्थानीय मातृभाषामा बुद्धधर्म र तामाङ भाषाको नियति


अस्ति येला माया केन्द्रमा बसंत महर्जनले “नेपाल भाषामा मुद्रित पुस्तकको इतिहास“ शीर्षकमा आफ्नो अध्ययन प्रस्तुत गर्दा पटक पटक उनले भनेका कुर के हो भने– नेवार भाषामा पुस्तक छपाइको प्रारम्भ बुद्ध धर्म र शिक्षाबाट भयो । आज पनि नेवार भाषामा प्रति वर्ष छापिने १०० पुस्तकमा ४५ पुस्तक वुद्धधर्मकै हुन्छन् । हालसम्म प्रकाशित ४५ प्रतिशतभन्दा धेरै नेवार पुस्तक बुद्धधर्म सम्वन्धी नै छन् ।

उनका भनाइ अनुसार गौतम बुद्धले स्थानीय भाषामा प्रवचन दिए। वुद्धका वचनहरू पाली भाषाबाट विश्वमा स्थानीय मातृभाषामा नै बुद्धधर्मको प्रचार भयो जस्तै, सिङ्हाली, थाइ, जापानी, चिनिया, तिव्वती । हाल थारु भाषामा निस्कने धेरै जसो पुस्तक वुद्धधर्म सम्वन्धी नै छन् आदि आदि ।

फर्किदा मौकावस बसमा संगै भइएछ । मैले वुद्धको मातृभाषा सम्वन्धी सिद्धान्त तामाङको सन्दर्भमा मेल खाँदैन भने । तामाङहरुले त तिब्बती भाषामा नै पूजा पाठ र अध्ययन गर्छन् । महर्जनले ‘हो र !’ भन्दै छक्क परेर मतिर हेर्न थाले ।

तपाईको सिद्धान्तमा परिमार्जन गर्नुपर्छ । वुद्धधर्म सम्वन्धी पुस्तक तामाङ भाषामा पाइँदैन । तामाङ मात्र होइन शेर्पा, ह्योल्मो आदि हिमाली भेकका भाषाहरूमा पनि बुद्धका वचनहरू छापिएका छैनन् ।

मैले बुझ्न नसकिएको कुरा के भने तामाङहरूले तिब्बतीहरूप्रति भक्तिभाव दर्शाउँदै आफ्नो भाषाप्रति उदासिनता देखाएको हो वा तिव्वती भाषाले साम्राज्यवादी स्वभाव विस्तार गरेको हो ? मैले ठिकसँग ठम्याउन सकिराखेको छैन ।


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट