मतगणना भइरहेका सिटमध्ये आधा बढीमा भाजपा एक्लैको अग्रता
भारतमा लोकसभा चुनावको मतगणना जारी छ।
मंगलबार बिहान स्थानीय समयअनुसार ८ बजेदेखि सुरू भएको मतगणनाको प्रारम्भिक चरणमा भारतीय जनता पार्टीले अग्रता लिएको छ।
केही क्षेत्रमा मतगणना सुरू भइसकेको र केही क्षेत्रमा गन्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
टाइम्स अफ इन्डियाका अनुसार यो समाचार तयार पार्दासम्म ३९० सिटमा मतगणना जारी छ।
तीमध्ये १९२ स्थानमा भारतीय जनता पार्टीले अग्रता लिएको छ भने कंग्रेस आई ७४ सिटमा अगाडि छ। ११६ स्थानमा अन्य राष्ट्रिय तथा क्षेत्रीय दलका उम्मेदवार अगाडि छन्।
यो मतगणना सुरू भएको डेढ घन्टापछिको परिणाम हो । आज साँझसम्म अन्तिम नतिजा आउने बताइएको छ
गुजरातको सुरत सिटमा भारतीय जनता पार्टीका मुकेश दलाल निर्विरोध निर्वाचित भइसकेका छन्।
त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका थिए।
बहुमत ल्याउन र सरकारको नेतृत्व गर्न २७२ सिट जित्नुपर्छ।
यसपालि भाजपा एनडिए र कंग्रेस इन्डिया गठबन्धन बनाएर चुनाव लडेको थियो।भारतका विभिन्न संस्था र सञ्चारमाध्यमहरूले यसपालि पनि भाजपा नेतृत्वको एनडिए गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया