Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

दुई शिक्षकविरुद्ध अख्तियारद्धारा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता


श्री प्राथमिक विद्यालय, गलटाकुरी, कौवाघारी, दाङका तत्कालीन शिक्षक भिम कुमार डिसी र श्री राष्ट्रिय प्राथमिक विद्यालय, महोत्तरीका राहत कोटामा कार्यरत शिक्षक अशोक कुमार साह विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ ।

उनीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको अख्तियारको ठम्याई छ ।

अख्तियारका अनुसार डिसीले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट र साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वरनगर दरभंगा, बिहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका हुन् ।

डिसीले स्थायी शिक्षकको रुपमा २०५० असार १ गतेबाट सेवा प्रवेश गरी प्रावि द्वितीय श्रेणीबाट अनिवार्य अवकाश लिएका छन् । साह भने २०६९कार्तिक २५ देखि लागू हुने गरी शिक्षक अनुदान कोटा (राहत)मा नियुक्ति लिई हालसम्म कार्यरत छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट