कमलामाई नगरपालिकाले फलफूलको विरुवा वितरण गर्ने

कमलाई नगरपालिकाले आफ्नो नगरभित्रका ईच्छुकहरुलाई फलफूलको विरुण वितरण गर्ने भएको छ ।
बाँझो जमिनलाई उपयोग गर्ने नीति अन्तरगत नगरपालिकाले फलफूलको विरुवा वितरण गर्न लागेको हो । आँप, लिची, कागती, मेवा, अनार लगायत वर्षे फलफूलको विरुवा वितरण गरिने छ ।
प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीका अनुसार ईच्छुकहरुले जेठ २३ गतेभित्र नगरपालिकाको कृषि विकास शाखामा निवेदन दिन सकिने छ । ईच्छुक कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुले यस कार्यक्रममा भाग लिन सक्ने छन् ।
विरुवा माग गर्दा सम्बन्धितहरुले विरुवा माग निवेदनमा सम्बन्धित वडा कार्यालयको सिफरिस, विरुवा लगाउने जमिनको लालपूर्जाको प्रतिलिपी, ऐलानी जग्गाको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पेश गर्नुपर्ने छ ।
कृषि फर्म, कृषक समूह र कृषि सहकारीले भने गत आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्र र बैठकको निर्णय प्रतिलिपी बुझाउनुपर्ने छ ।
वक्तव्यको विवरण :
क्याटेगोरी : समाचार
प्रतिक्रिया