सिन्धुलीको मरिणमा तामाङ भाषामा वत्तृत्वकला प्रतियोगिता हुँदै
नेपाल तामाङ घेदुङ सिन्धुलीको मरिण गाउँपालिका ७ नं. वडा कार्यसमितिले तामाङ भाषामा वत्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
प्रतियोगिता श्री कपिलाकोट मावि महेश्वतामा जेठ ३२ गते शुक्रबार बिहान ११ बजेबाट हुनेछ ।
अध्यक्ष मिनबहादुर घिसिङका अनुसार यो प्रतियोगिता मरिण गाउँपालिकाभित्र रहेका मावि स्तरीय विद्यार्थीहरुबीच हुनेछ ।
‘आमाग्योइ छार्ना ल्हेना लाबारि लोप्बोनला भुमिका’ शीर्षकमा भाग लिनेहरुले आफ्ना विचार व्यक्त गर्नुपर्ने छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया