नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार
साताको दोस्रो दिन सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार आएको छ । सोमबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३ दशमलव दुई एक अंकले बढ्दा कारोबार रकम ५ अर्ब रुपैयाँ नाघेको हो ।
नेप्से परिसूचक बढेर २ हजार ६६ दशमलव एक छ अंकमा कायम भएको दिन १ करोड ७ लाख ७ हजार कित्ता सेयर ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ बराबरमा किनबचे भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ५ दशमलव तीन सात अंकले घट्दा ९५ लाख ६१ हजार कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो ।
सोमबार खासगरी, विकास बैंक, वित्त, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूहको परिसूचकले समग्र परिसूचकमा बढोत्तरी आएको हो । वित्त समूहको परिसूचक सबै भन्दा धेरै २ दशमलव एक एक प्रतिशतले बढ्दा विकास बैंक समूहको परिसूचक १ दशमलव पाँछ प्रतिशतले बढेको छ । यस्तै, लघुवित्त समूहको परिसूचक १ दशमलव तीन छ, म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव पाँच एक, जलविद्युत समूहको परिसूचक शून्य दशमलव एक नौ र अन्य समूहको परिसूचक शून्य दशमलव शून्य तीन प्रतिशतले बढेको छ ।
बाँकी सबै समूहको परिसूचक एक प्रतिशत भन्दा कमले नै घटेको छ । सोमबार बढेको बजारमा नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । कारोबार रकमको आधारमा भने आज मेरो लघुवित्त वित्तीय संस्था लि अग्रस्थानमा रहेको छ । कम्पनीको २४ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया