Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड, कम्तीमा ५० जनाको मृत्यु


भारतको उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० जना तीर्थयात्रीको मृत्यु भएको छ ।

उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित सत्सङ्ग कार्यक्रममा मंगलबार घटना भएको हो । हाथरसका स्थानीय अधिकारी आशिषकुमारले ५० देखि ६० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको जनाएका छन् ।

घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताइएको छ । कयौं महिला तथा बालबालिका अझै हराइरहेका छन् ।

घटनामा परी घाइते भएका सयौंको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार एक जना कथावाचकको प्रवचन सुन्न हजारौँ भेला भएको ठाउँमा भागदौड भएको थियो । भागदौडको कारण स्पष्ट भइसकेको छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट