Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

झन्डै ६ महिनापछि महासमितिबाट पारित प्रस्तावलाई अनुमोदन गर्दै कांग्रेस


नेपाली कांग्रेसले झन्ड‌ै ६ महिनापछि महासमितिको बैठकबाट पारित प्रस्तावहरूलाई अनुमोदन गर्ने भएको छ । गत वर्ष फागुन ७–१० गतेसम्म ललितपुरको गोदावरीमा चलेको महासमितिको बैठकबाट तीनवटा प्रस्ताव सर्वसम्मतरूपमा अनुमोदित भएका थिए ।

उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई अहिलेसम्मकांग्रेसको केन्द्रीय समितिले अनुमोदन गरेको छैन । महासमिति बैठकबाट पारित प्रस्तावहरू केन्द्रीय समितिबाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा जान्छन् ।

महासमितिको बैठकमा महामन्त्री थापाले नेपाली कांगेसले निर्वाचनअघि कसैसँग पनि चुनावी गठबन्धन नगर्नेसहितको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विषयमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन फेर्नुको आधारका रूपमा प्रस्तुत गरेका थिए । कांग्रेसको महासमिति बैठक सकिएको १० दिनपछि गठबन्धन फेरेका प्रचण्डले संसद्‌मा विश्वासको मत लिने क्रममा त्यसलाई गठबन्धन फेर्नुपर्ने आधारका रूपमा प्रस्तुत गरेक थिए ।

त्यसबाहेक प्रचण्डले कांग्रेसको महासमिति बैठकमा हस्ताक्षर संकलनसहित बैठकमा पेस गरिएको हिन्दु राज्यको मुद्दालाई पनि गठबन्धन फेर्नुपर्ने आधारका रूपमा प्रस्तुत गरेका थिए ।

कांग्रेसको महासमितिमा उठेका मुद्दाका कारण राजनीतिक तरंग पैदा गरे पनि स्वयं कांग्रेसले भने अनुमोदन गरेर कार्यान्वयनमा लगेको छैन ।

महासमिति बैठकबाट पारित प्रस्तावहरू यही साउन २३ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकमा पेस गर्ने सहमति बूढानीलकण्ठमा सोमबार बिहान बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गरेको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट