नेपाल र भारतको उपाधि भिडन्त आज
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको फाइनलमा बुधबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३(० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारसँगको भेट पक्का गरेको हो । त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुनेछ । फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित हुने भएका छन् ।
नेपाल लिग चरणमा इरानसँग पराजित भएको भए पनि सेमिफाइनलमा भने उत्कृष्ट प्रदर्शन ग¥यो । अहिलेसम्म नेपालले इरानलाई हराउन सकेको थिएन ।
त्यस्तै लिग चरणमा नेपालले भारतलाई पराजित गरेर कीर्तिमान रचेको थियो । महिला भलिबल टिमले पहिलो पटक भारतलाई हराएको थियो ।
नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा उच्च मनोबलका साथ नेपाली महिला खेलाडीले प्रदर्शन गर्नेछन् भन्ने सबैमा विश्वास रहेको छ । यो खेल जितेर उपाधि हासिल गर्दा नेपाली महिला टिमले अझ ठूलो छलाङ मार्नेछ ।
त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउँसो २ बजेदेखि हुनेछ ।
नेपालको राष्ट्रिय खेल भलिबल भए पनि अहिलेसम्म त्रिपुरेश्वरमा रहेको सदाबहार बाहेक कुनै पनि कोर्ट रहेको छैन । खेलकुदको नेतृत्वलाई यसमा चर्काे दबाब परेको छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया