Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

कानुन समितिबाट सर्वसहमतिबाट पास भयो टिआरसी विधेयक


काठमाडौँ । टिआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पारित भएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको समितिको सभापति विमला सुवेदीले जानकारी दिइन् ।

समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि कार्यदल बनाइएको थियो । सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो ।

प्रस्तावमाथिको छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसहमतिबाट पास भएको घोषणा गरिन् । साथै, उनले प्रतिनिधिसभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिइन् । संसदको बैठक २९ साउनलाई तोकिएको छ ।

बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन समितिले प्रस्ताव पेश गरेको र आजै पास गरिएको हो ।

विधेयकलाई निष्कर्षमा पु¥याउन भूमिका खेल्ने प्रधानमन्त्री, शीर्ष नेतृत्व, मन्त्रीहरू, सांसदहरू, द्वन्द्वका पक्षलगायत सबै पक्षलाई समितिले धन्यवाद ज्ञापन गरेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट