Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

मुकुल ढकालले दिए प्रधानमन्त्री ओलीसमक्ष प्रदेश खारेज गर्न सुझाव


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशनमा परेका डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्रदेश खारेज गर्न सुझाव पेश गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका ढकालले विभिन्न विषय समेटेर १५ बुँदे सुझाव पेश गरेका हुन् ।

उनको सुझावहरुमा प्रशासन सुधार, स्थानीय सरकार, भ्रष्ट्राचार, मिटर ब्याज पीडितको समस्या समाधान, अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवद्र्धन एवं उत्पादनमा वृद्धि, सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषयहरु समेटेका छन् ।

उनले ओली नेतृत्वको गठबन्धन सरकारको प्रमुख एजेण्डाको रुपमा रहेको संविधान संशोधनको एजेण्डामा पनि सुझाव दिएका छन् । प्रदेश, जिल्ला समन्वय समिति, उपरराष्ट्रपति पद खारेज हुनुपर्ने उनले बताएका छन् । त्यस्तै समातुपातिक पद एक पटकको लागि मात्र हुनुपर्ने उनको सुझाव छ । सुझावमा भनिएको छ, ‘थ्रेस होल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने व्यवस्था मिलाउन पनि ढकालले प्रधानमन्त्री समक्ष माग गरेका छन् ।

जनतामा प्रदेश संरचनालाई लिएर व्यापक निराशा र आक्रोस भएको भन्दै इन्तु, किन्तु, परन्तु केही नलगाई प्रदेश खारेज हुनुपर्ने उनको माग रहेको छ ।

साथै, उनले एक पटक नेपाली नागरिकता लिएको व्यक्तिले फेरि नागरिकता लिए त्यस्तो व्यक्तिलाई राज्यको उपल्लो अंगहरुमा नियुक्त गर्न नहुने तर्क पनि गरेका छन् । उनको यो भनाइ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंगित छ ।

‘एक पटक नेपाली नागरिकता त्यागेका व्यक्तिले फेरी नेपाली नागरिकता लिएमा त्यस्तो नेपाली नागरिकलाई नेपालको संविधानको धारा २८९ (१०) बमोजिम मनोनयन वा नियुक्त हुन दिनुहुँदैन । उनले सुझावमा भनेका छन्, ‘वयस्क भइसकेपछि नागरिकता त्याग्ने व्यक्ति राज्यको महत्वपूर्ण उच्च ओहदामा नियुक्ति हुँदा, ती व्यक्तिको मगजमा फेरी राष्ट्र त्यागिदिने मनोविज्ञान नआउला भन्न नसकिने भएकाले यो व्यवस्था संविधानको मर्म कार्यान्वयनका लागी संविधानमा नै राखिन आवश्यक छ ।’

उनले पछिल्लो पटक आफू देशका विभिन्न ३८ वटा जिल्लामा समीक्षा यात्राका लागि पुगेको र उक्त भेटघाट पार्टीको तर्फबाट भएपनि आम नागरिकको हैसियतमा सुझाव संकलन गरेको बताएका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट