Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

भारतीय पर्यटक बोकेको बस तनहुँको ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्यो, २१ जनाको मृत्यु


काठमाडौं । भारतीय पर्यटक बोकेको बस तनहुँको मर्स्याङ्दी नदीमा खसेको बसमा रहेका ४३ जनामध्ये कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस्तै २२ जना घाइते भएका छन् ।

घटनास्थलबाट ४३ जना सबै यात्रुको उद्धार गरिएको र तीमध्ये २१ जनाको मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बसमा ४१ जना यात्रु र चालक दलका दुई जना गरी ४३ जना सबै भारतीय नागरिक हुन् ।

घाइतेमध्ये १२ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस आज बिहान साढे ११ बजे पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा खसेको हो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा अड्किएको छ ।

प्रहरीका अनुसार गोरखपुरबाट नेपाल आएको बसले गएको मङ्गलवार बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाण्डौतर्फ गुड्दै गर्दा सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट