वंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द, सुपुर्दगी गर्न भारतलाई दवाव
बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । संयुक्त राष्ट्रसंघको टोली त्यहाँ भएको मानव अधिकार उल्लंघनको अनुसन्धान गर्न ढाका पुगे लगत्तै अन्तरिम सरकारले उनको राहदानी रद्द गरेको हो ।
विद्यार्थी आन्दोलन चर्केपछि उनी सत्ता छाडेर भारतमा शरण लिइरहेकी उनलाई सुपुर्दगी गरिदिन बंगलादेशको नयाँ सरकारले भारतसंग अनुरोध गर्दै आएको छ । तर, भारतले अहिलेसम्म त्यसबारेमा केही बोलेको छैन । भारत सरकार वाजेद जतिसक्दो छिटो अर्को देशमा शरण लिए हुन्थ्यो भन्ने पक्षमा रहेको त्यहाँका संचार माध्यमहरुले उच्च सरकारी स्रोतहरुको हवाला दिँदै उल्लेख गरिरेहका छन् ।
हसिनाको राहदानी रद्ध गरिएपछि भारत भने कुटनीतिकरुपमा अफ्ठारोमा परेको छ । विद्यार्थी आन्दोलन चर्केपछि उनी सत्ता छाडेर भारतमा शरण लिइरहेकी उनलाई सुपुर्दगी गरिदिन बंगलादेशको नयाँ सरकारले भारतसंग अनुरोध गर्दै आएको छ । तर, भारतले अहिलेसम्म त्यसबारेमा केही बोलेको छैन । भारत सरकार वाजेद जतिसक्दो छिटो अर्को देशमा शरण लिए हुन्थ्यो भन्ने पक्षमा रहेको त्यहाँका संचार माध्यमहरुले उच्च सरकारी स्रोतहरुको हवाला दिँदै उल्लेख गरिरेहका छन् ।
यद्धपी शेख हसिनालाई स्थायीरुपमा कुन देशले शरण दिन्छ भन्ने यकिन छैन । उनले बेलायतमा शरण लिने तयारी गरे पनि बेलायतले शरण दिन अस्वीकार गरेपछि अर्को कुनै देशमा शरण लिने, नलिने अन्योलको अवस्था छ । भारतमा उनले अल्पकालिन समयको लागि शरण लिएको बताउने गरिए पनि अरु देश जाने टुंगो नहुँदा उनको शरणार्थी जीवनको बारेमा अनेक शंका, आशंका उत्पन्न भैरहेको छ ।
उनको डेढ दशक लामो शासनमा सबैभन्दा धेरै गत महिनाको आन्दोलनमा मात्रै झण्डै पाँच सयको मृत्यु भएको हो ।
आन्दोलनको क्रममा तत्कालिन प्रधानमन्त्री वाजेदको निर्देशनमा व्यापक मानव अधिकारको हनन भएको उजुरी परेपछि संयुक्त राष्ट्रसंघको मानव अधिकार टोलीले छानविन शुरु गरेको हो । टोलीले उनलाई दोषी ठहर गर्यो भने कुनै पनि देशलाई उनलाई शरण दिन नैतिकरुपमा अफ्ठारो पर्नेछ भने अहिले शरण दिइरहेको भारतमाथि उनलाई सुपुर्दगी गर्न दवाव सृजना हुनेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार
प्रतिक्रिया