Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

पाकिस्तानमा सशस्त्र विद्रोहीले राजमार्गमा गाडी रोकेर ३९ जनाको हत्या


पाकिस्तानमा सशस्त्र विद्रोही समूहले राजमार्गमा गाडी रोकेर ३९ जनाको हत्या गरेका छन् । पाकिस्तानको दक्षिण–पश्चिमी क्षेत्रमा बन्दुकधारीले कम्तीमा ३९ जनाको गोली हानी हत्या गरेका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा आज बिहान आक्रमण भएको हो । सशस्त्र समूहले परिचयपत्र जाँच्दै पञ्जाब प्रान्तका मानिसहरूलाई छानीछानी गोली हानेको र गाडीमा आगो लगाइदिएको अधिकारीहरूले बताएका खबरमा उल्लेख छ ।

पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा सशस्त्र समूहले २२ वटा गाडीलाई रोकेका बताइएको छ । बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकु पृथकतावादी समूह हो ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यो घटनालाई आतङ्कवादी आक्रमणको सङ्ज्ञा दिँदै निन्दा गरेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट