Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

धादिङको आदमघाट नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


काठमाडौं । धादिङको आदमघाट नजिकै पहिरो खसेको छ । गजुरी गाउँपालिका–६ बेल्खुमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार बेलुकी करिब ५ बजे राजमार्गमा पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पहिरो हटाउन कम्तिमा एक घण्टा लाग्नेछ । थप पहिरो नखसेमा मात्र एक घण्टाभित्र पहिरो हटाउन सकिने प्रहरीले जनाएको छ।

पहिरोका कारण मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रुपमा अबरुद्व भएको छ । सडक अवरूद्ध हुँदा सवारीसाधनहरू जाममा परेका छन् भने यात्रुहरूले शास्ती भोग्नुपरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट