Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

शेयर बजारमा पहिरो, नेप्से २८०० विन्दु तल


काठमाडौं । मंगलबारको शेयर बजारमा पहिरो गएको छ । शेयरबजार परिसूचक नेप्से उच्च अंकले घट्दा सूचक २८०० विन्दु तल आइपुगेको छ।

यस दिन नेप्से सूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको हो। बजारले २८०० को सपोर्टलाई पनि तोडेर तल झरेको छ। यसले बजारमा विक्री चाप उच्च रहेको देखाउछ।

सूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ। मंगलबार कारोबार रकम १८ अर्ब रुपैयाँमा नै सिमित भएको छ। यस दिन ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर १८ अर्ब ६४ लाख ९५ हजार ३३ हजार रुपैयाँमा खरिद बिक्री भएको छ।

मंगलबार कारोबारमा आएकामध्ये १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने होटल उपसमूहको सूचक मात्र सकारात्मक देखिएको छ। मंगलबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लगानी उपसमूहको सूचक ४ प्रतिशत भन्दा धेरैले घटेको छ।

घटेको बजारमा पनि तारागाँउ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

यता नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने रिडी हाइड्रोपावरको ८.५८ प्रतिशत र नेश्नल हाइड्रोपावरको ७.६७ प्रतिशतले घटेको छ।

मंगलबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ४२ लाख, अपी पावरको ५१ करोड ७५ लाख र अरुण भ्याली हाइड्रोपावरको ४५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट