Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

नेपाल–ओमानबीच चार वटा क्षेत्रमा अध्ययनका लागि छिटै सम्झौता हुने


काठमाडौं । नेपाल र ओमानबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलासम्बन्धी अध्ययनका लागि छिटै सम्झौता हुने भएको छ ।

नेपाल र ओमानका परराष्ट्रमन्त्रीको द्विपक्षीय वार्तामा चार वटा विभिन्न क्षेत्रमा दुई देशबीचमा सम्झौता गर्नेबारे छलफल भएको हो । नेपालको औपचारिक भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बद्र बिन हमाद बिन हमुद बल्सुसैदी र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच आज भएको द्विपक्षीय भेटवार्तामा मुख्यगरी चार वटा विषयमा छिटै सम्झौता गर्नेबारेमा कुराकानी भएको हो ।

मन्त्री राणाले नेपालमा पर्यटनको क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको आफूले पाएको बताए । यस्तै ओमान पक्षले नेपाली श्रमिकहरू काममा लगनशील र इमानदार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने जनाएको छ ।

यस्तै ओमानका विदेशमन्त्री बल्सुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री बल्सुसैदी आजै फर्कने कार्यक्रम छ ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट