Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

टीआरसी विधेयक पारित भएकोमा अमेरिका, ईयूसहित विभिन्न देशको स्वागत


काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियन (ईयू) सहित विभिन्न देशले स्वागत गरेका छन् ।

अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्यान्ड, जर्मनी, फ्रान्स र युरोपियन युनियनले स्वागत गरेका हुन् । उनीहरूले आज संयुक्त वक्तव्य निकालेर पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

नेपालको इतिहासको यो खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बेला आएको वक्तव्यमा उल्लेख छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट