Techie IT
Samayabaddha
आईतबार, १४ पुस, २०८१

यो दशैँमा नेपाल राष्ट्र बैंकले सुकिला नोट मात्रै सटही गर्ने


काठमाडौं । यो दशैँमा नयाँ नोट नपाइने भएको छ । नयाँ नोटको साटोमा नेपाल राष्ट्र बैंकले सुकिला नोट मात्रै सटही गर्ने भएको हो ।

बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै बैंकले यो दशैँमा सुकिला नोटको सटही गर्ने भएको हो । तर बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्ने भएको छ । ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने भएको छ ।

यसअघिका वर्षहरूमा नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोट सटही गर्ने व्यवस्था गर्ने गरेको थियो । गत वर्ष पनि केन्द्रिय बैंकले साना दरको १र१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट साटिएको थियो । यद्धपी गत वर्ष साटिएका नयाँ नोट नेपाल राष्ट्र बैंकमा नै फिर्ता आएको थियो । सोही नोट यो दशैँमा बैंकले सटही गर्न लागेको हो।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट