Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

केराबारीमा मृत भेटिएका दुई बालिकाको हत्या आमाले नै गरेको खुलासा


शनिबार दिउँसो मोरङको सुन्दरहरैँचा–७ मा मृत अवस्थामा भेटिएका दुई बालिकाहरूको हत्या आमाले नै गरेको खुलेको छ । आमा अस्मिता कार्कीले नै विष खुवाएर उनीहरूको हत्या गरेको पुष्टि भएको प्रहरीको भनाइ छ । पाँच दिनअघि, स्थानीय नारायण न्यौपानेको केराबारीमा दिदीले बहिनीलाई अंगालोमा बेरेको अवस्थामा शव भेटिएको थियो ।

शव भेटिएयता बालिकाहरूकी आमा अस्मिता कार्की बेपत्ता भएकी थिइन् । तर घटनाको ५ दिनपछि झापा, बिर्तामोडको सडकमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् ।

अस्मिताले छोरीहरूलाई विष खुवाएको स्वीकारेकी हुन् । उनले पहिले छोरीहरूलाई विष खुवाएको र त्यसपछि आफूले पनि विष सेवन गरेको बयान दिएकी छिन् । बच्चाहरूलाई विष खुवाएर हिँडेकी अस्मिता शनिबार राती जंगलमै बिताएको पनि प्रहरीसँग खुलाएकी छिन् । प्रहरीका अनुसार विष खाएपछि बालिकाहरूको मृत्यु भएपनि अस्मितालाई भने कम विषका कारण डोज नपुग्दा उनी जिवितै रहेकी हुन् । विषले छटपटाएकी अस्मिता बिर्तामोड पुगेकी थिइन् । प्रहरीका अनुसार उनले श्रीमान अर्जुन कार्कीले आफूलाई मानसिक यातना दिएको बयान दिएकी छिन् ।

दाहालले उनको शरीरमा अझै विषको असर रहेकाले कोशी अस्पतालमा उपचार गरिएको दाहालले बताए । अस्मिता कोशी अञ्चल अस्पताल विराटनगरमा उपचाररत रहेकी छिन् । उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

शनिबार दिउँसो एक वर्षकी आइका र तीन वर्षकी अर्पणा कार्की एकैठाउँमा मृत फेला परेका थिए । दिदी अर्पणाले बाहिनी आइकालाई अँगालो मारेको अवस्थामा शव भेटिएको थियो । मृतकहरू धनकुटा पख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्कीका छोरीहरू हुन् ।

अर्जुन र उनकी श्रीमती अस्मिता न्यौपाने २ छोरीहरूसहित सुन्दरहरैँचा –७ मालती टोलमा बस्दै आएका थिए । हाल उनीहरू दिदी सीता रेग्मीको घरमा बसिरहेका थिए । कार्की परिवारले त्यहिँ नजिकै नयाँ घर बनाइरहेका थिए ।

कार्की दम्पत्तिबीच शनिबार घर झगडा भएको थियो । बन्दै गरेको घरमा पानी नहालेको विषयमा उनीहरूबीच झगडा भएको हो । सोहि निहुँमा २९ वर्षकी न्यौपाने घरबाट छोरीहरू लिएर निस्केकी थिइन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट