Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

अमेरिकामा अगस्टमा एक लाख ४२ हजार रोजगारी बृद्धि


अघिल्लो महिना अर्थात् अगस्टमा अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपिएको छ । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको हो । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै अमेरिकामा बेरोजगारको दर केही घटेको छ ।

श्रम विभागका अनुसार बेरोजगारी दरमा सामान्य अर्थात्  दशमलव १ प्रतिशतले कमी आएर ४ दशमलव २ प्रतिशत कायम भएको समाचार संस्था एएफपीले जनाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनले गएको महिना एक लाख ४२ हजार रोजगारी सिर्जना गरेको थियो तर जुलाईमा यो सङ्ख्या ८९ हजारमा सीमित थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट