Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

पत्रकार महासङ्घका अध्यक्ष पोख्रेलद्वारा राजीनामा


काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन् । पोख्रेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका महासङ्घले जनाएको छ ।

दुई पटकसम्म मिति तोकिए पनि महासङ्घको चुनाव हुन सकेको छैन । तेस्रो पटक आउँदो असोज ५ गतेको मिति तोकिएको छ । पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारण चुनाव गर्न नसकेको पोख्रेलले बताएका छन् । सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोख्रेलले बताएका छन् ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट