Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

६० किलो सुन प्रकरण : वाल्डो क्यासिनोका म्यानेजर पक्राउ


काठमाडौं । ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठमेलस्थित वाल्डो क्यासिनोका म्यानेजरलाई पक्राउ गरेको छ । क्यासिनो म्यानेजर तथा लेखा हेर्ने टेरेन्स टिएसईलाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘वाल्डो क्यसिनो’ पनि जोडिएको थियो । सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले क्यासिनोमाथि अनुसन्धान गरिरहेको थियो ।

चिनियाँ नागरिक टेरेन्स काठमाडौं आएको सुराक पाएपछि ब्यूरोको टोलीले उनलाई पक्राउ गरेका हुन् । चिनियाँ सुन तस्कर ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग वाल्डोमा खेल्न गइरहन्थे । तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका ‘एलेक्स’ ले वाल्डो क्यासिनोमार्फत अनधिकृत रूपमा रकम हङकङ पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

चिनियाँ नागरिकको व्यवस्थापनमा संचालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि संचालनमा छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट