इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान शुरु

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान शुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान शुरु भएको हो । गएको बिहीवार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।
यात्रु पाएसँगै आज बिहानबाट उडान शुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए । उनका अनुसार काठमाडौंबाट इलामका लागि छ जना यात्रु लिएर आएको जहाज काठमाडौंका लागि आठ जना यात्रु लिएर फर्किएको छ ।
अब रहेक बिहीवार नियमित उडान हुनेछ । बर्खा लाखेसँगै खराब मौसमका कारण साढे तीन महिनादेखि नभएको उडान शुरु भएसँगै यात्रुलाई सहज भएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया