Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

शेखर समूहलाई बाहिर राखेर कोशी सरकारमा कांग्रेस सहभागी


काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी छ । कांग्रेस सरकारमा सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेसले शेखर समूहलाई बाहिर राखेर मन्त्रीमण्डलमा सहभागी जनाएको हो ।

शुक्रबार कांग्रेसका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गर्दा शेखर समूहका कुनै पनि नेता मन्त्री र राज्यमन्त्रीमा परेका छैनन् । यसले कांग्रेसभित्रको आन्तरिक द्वन्द्वलाई राम्रैसँग उजागर गरेको छ ।

शेखर समूहले आफ्नोे तर्फबाट दुई मन्त्रीको माग राखेको कांग्रेस निकट स्रोतको दावि छ, तर पार्टीको संस्थापन पक्षले एउटा मात्र मन्त्री दिने बताएपछि शेखर समूहले सरकारमा सहभागिता नजनाउने निर्णय लिएको जनाइएको छ । यो अवस्थाले कांग्रेसभित्र आन्तरिक तनाव बढाएको छ । र, शेखर कोइराला समूहले आफ्नो असन्तुष्टि खुुलेरै व्यक्त गरेको छ ।

कोशी प्रदेश सरकारमा कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, खगेनसिंह हाङगाम उद्योग कृषि तथा सहाकारी मन्त्री बनेका छन् ।

सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री र भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्रीको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । यो सँगै कोशी प्रदेश सरकार दुई राज्यमन्त्रीसहित १० सदस्यीय बनेको छ ।


क्याटेगोरी : प्रदेश खबर, राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट