Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

तीन दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन


काठमाडौं । बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो । अस्ति शुक्रवारदेखि आएको पहिरोले पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुर आउजाउ गर्ने सबै गाडी रोकिँदा यात्रु अलपत्र परेका छन् ।

पहिरो निरन्तर आइरहेकाले पन्छाएर सडक खुलाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् । उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको बताइन् ।

अघिल्लो हप्ता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो झर्दा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो ।

 


क्याटेगोरी : प्रदेश खबर, समाचार

प्रतिक्रिया


ताजा अपडेट