सङ्घीय संसद्काे चालू अधिवेशन अन्त्य
काठमाडौं । सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य भएको छ । दुवै सदनको चालू चौथो अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य हुने भएको हो ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालू चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए । सरकारले चालू अधिवेशन अन्त्यका लागि हिजो राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र सङ्घीय संसद्लाई पठाएका थिए ।
राष्ट्रपतिले पठाएको पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया