सिटी एक्सप्रेसको दशैँ–तिहार योजना : ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान् चाड २०८१ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा उपहार योजना सार्वजनिक गरेको छ ।
सिटी एक्सप्रेसले आफ्ना ग्राहकवर्गसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत ‘लक्की ड्र’ मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्टफोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५ सय रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउनेछन् ।
कम्पनीका अनुसार यो योजना असोज १ गतेदेखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही यो उपहार योजनामा सहभागी हुन पाउनेछन् । यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले भर्खरै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा शुरू गरेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया