Techie IT
Samayabaddha
बिहीबार, २५ पुस, २०८१

इलामको उपचुनावले पाठ सिकायो : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलामको उपचुनावले पाठ सिकाएको बताएका छन् ।

काठमाण्डौमा आजदेखि शुरू भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले इलामको नतिजाले घण्टी बजाउँदैमा जितिँदैन भनेर सिकाएको बताए । उनले इलाममा हार्नुको कारण रणनीति नबनाएर चुनावी दौडमा मात्रै लागेको, सङ्गठन बलियो बनाउन नसक्नु र एकअर्काको अस्तित्वलाई विचार गर्न नसक्नु रहेको बताए ।

भेलामा सभापति लामिछानेसहित अन्य नेताहरूले सहकारी प्रकरणमा लामिछानेले सफाइ अर्थात् ‘क्लिन चिट’ पाएको दाबी गरेका छन् ।

भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने रास्वपाले जनाएको छ । भेलामा सहभागी हुन देशभरबाट एक हजार पाँच सय जनाभन्दा धेरै प्रतिनिधि काठमाडौं आएका पार्टीले जनाएको छ । भोलिसम्म चल्ने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट