Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

१२ जिल्लाका प्रजिअ फेरिए, गृहका ३६ जना कर्मचारीको सरुवा


काठमाडौं । गृह मन्त्रालय अन्तर्गत ३६ जना कर्मचारीको सरुवा गरिएको छ । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरु फेरिएका छन् ।

रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा उपसचिव राजु प्रसाद पौडेल सरुवा भएका छन् । डोल्पाको प्रजिअमा रोम बहादुर महत, बझाङमा ओम प्रसाद भट्टराई र बाजुरामा मेघनाथ पाध्यालाई सरुवा गरिएको छ ।

मातृका आचार्यलाई मनाङको सीडीओ बनाएर पठाइएको छ । मुगुमा कमल प्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्र प्रसाद न्यौपाने र दैलेखमा नवराज जैसी सरुवा भएका छन् ।

नारायण पाण्डेलाई हुम्ला र विष्णु प्रसाद भुषाललाई सरुवा गरिएको छ । रसुवाको प्रजिअमा अर्जुन पौडेललाई पठाइएको छ ।

hh


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट