Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

संविधान दिवसको कन्सर्टमा बालेन समर्थकमाथि हातपात, काठमाडौँको सवारी आवागमन प्रभावित


संविधान दिवसको अवसरमा बिहीबार राजधानीको दरबारमार्गमा आयोजित ‘नेशनल डे कन्सर्ट’का क्रममा बालेन शाहका समर्थकमाथि हातपात भएको छ। अपराह्न ४ बजे सुरु भएको कन्सर्टमा बालेन शाहको पक्षमा नारा लगाउने व्यक्तिहरूमाथि कन्सर्टका केही सहभागीले हातपात गरेका हुन्।

कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता हुने उनको सचिवालयले जानकारी दिएको छ। यसैबीच, कन्सर्टको व्यवस्थापन सरकारले गरेको भए पनि नागरिकस्तरबाट सञ्चालन भएको बताइएको थियो। तर, कन्सर्टमा सहभागी एक समूहले मेयर बालेन शाहको समर्थन गर्दै नारा लगाउन थालेपछि अर्को समूहले उनीहरूमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

कन्सर्टका कारण राजधानी काठमाडौँको सवारी आवागमनमा ठूलो प्रभाव परेको छ। विभिन्न सडकहरूमा ट्राफिक जाम भएकोले सर्वसाधारणले आवतजावतमा कठिनाइ भोगेका छन्।

नेपाली झन्डा बोकेर ठूलो संख्यामा युवाहरू कन्सर्टमा उपस्थित भएका छन्। कन्सर्टमा प्रख्यात कलाकार प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले आफ्नो प्रस्तुति दिने कार्यक्रम छ। आयोजकले विभिन्न कलाकार र सेलिब्रेटीहरूको सहभागिता रहने जानकारी पनि दिएका छन्।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट