Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

इजरायल र लेबनानबीच ठूलो युद्धको सम्भावना बढ्यो


लेबनानमा रहेको विद्रोही समूह हिजबुल्लाहले पेजर र वाकीटकी विष्फोटले आफ्नो समूहलाई शक्तिशाली धक्का लागेको प्रतिक्रिया दिएको छ । यो घटनाले इजरायल र लेबनानबीच ठूलो र घातक युद्धको सम्भावना बढेको हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बताएका बीबीसीले जनाएको छ ।

लेबनानलाई आतङ्कित बनाउने पटक पटकको आक्रमणपछि नसरल्लाहले आक्रामक भएर प्रतिशोधको चेतावनीसमेत दिएका हुन् । ३७ जना हिजबुल्लाहका सदस्यको मृत्यु हुनेगरी इजरायलले नै पेजर र वाकीटकी विष्फोट गराएको हिजबुल्लाहको आरोप छ ।

यो घटनामा ३ हजार ५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । इजरायलले लेबनानको राजधानी बेरुतसहितका ठाउँमा बम आक्रमण गर्न थालिसकेको छ भने हिजबुल्लाहले पनि निरन्तर रकेट प्रहार गर्न थालेको छ । गाजामा युद्धविराम नभएसम्म इजरायलविरुद्ध हिजबुल्लाहले लडाइँ जारी राख्ने जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट