Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

२० औँ एशियाली कराँते च्याम्पियनशिपमा एरिकालाई ऐतिहासिक रजत पदक


काठमाडौं । २० औँ एशियाली कराँते च्याम्पियनशिपमा कराँते खेलाडी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् । चीनमा आज सम्पन्न ६८ किलोग्राम माथिको तौल समूहको फाइनलमा एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भइन् ।

एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भए पनि उनले जितेको रजत पदक नेपालको लागि ऐतिहासिक पदक हो । तर उनले स्वर्णपदक जित्ने ठूलो मौका गुमाएकी छिन् । एशियन कराते फेडरेसनले आयोजना गर्ने एशियन च्याम्पियनशिपमा नेपालले जितेको यो पहिलो पदक हो ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट