Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

जितिया पर्व मनाउने क्रममा भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु


पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । विहारमा रहेका नदी र पोखरीमा धार्मिक स्नान गर्दा उनीहरू डुबेका थिए ।

बाढीका कारण १५ जिल्लामा भएको यो घटना जितिया पर्व मनाइरहेका बेला भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विहारका अधिकारीहरूका अनुसार अझै केही शव निकाल्न बाँकी छ ।

सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । अघिल्लो वर्ष पनि जितिया मनाउने क्रममा दुई दिनमा २२ जनाको डुबेर मृत्यु भएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट