अन्नपूर्णको समाचारप्रति खानी तथा भूगर्भ विभागको ध्यानाकर्षण
काठमाडौं । खानी तथा भूगर्भ विभागले अन्नपूर्ण इपेपरबाट प्रकाशित समाचारलाई लिएर आपत्ति प्रकट गरेको छ । समाचारमा ‘‘अवैध चुनढुंगा उत्खनन्, करोडौं राजश्व छली’’ भन्ने शीर्षक राखि मिति २०८१ असोज ९ गते बुधबारको समाचारमा गंभीर ध्यानकर्षण भएको जनाएको छ ।
खानी तथा भूगर्भ विभाले पत्रको ब्यहोरा तोडमोड गरी सरकारी कीर्ते भएको र सोही कीर्ते कागजाातका आधारमा समाचार संप्रेषण भएकोले त्यस्तो कार्य अत्यन्त दुःखद र निन्दनिय भएको बताएको छ ।
विभागले फिल्ड गनुगमन गर्दा बाटो खन्ने क्रममा उत्खनन् भएको पाइएको जनाएको छ । साथै रोयल्टीको विषयमा समेत विभागबाट विभागीय कार्यवाही भई विद्यमान कानूनको आधारमा रोयल्टी वापतको रकम जफत गरी विभागको खातामा जम्मा गरी रकम राजश्व खातामा मिलान गरिएको जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया