Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

सहकारी ठगीमा फरार रहेका मेयर नयाँ दिल्लीबाट पक्राउ !


काठमाडौं । सहकारीको बचत रकम अपचलन गरी फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले नयाँ दिल्लीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ । यसअघि गएको माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले मेयर नेपालीविरुद्द रेड कर्नर नोटिस जारी गरेको थियो ।

नेपाली बाग्लुङ र पोखरामा सञ्चालनमा रहेको इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहितका सहकारी सञ्चालकले बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा धेरै रकम अपचलन गरेको मुद्दा बाग्लुङ जिल्ला अदालतमा विचाराधीन छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट